धनकुटा नगरपालिकाद्वारा १७ सहकारी खारेज


 


धनकुटा, भदौ १५ । धनकुटा नगरपालिकाले १७ वटा सहकारीसंस्थालाई खारेज गरिदिएको छ ।

नगरपालिकाको सहकारी ऐन २०७५ बमोजिम संस्थाले पूरा गर्नुपर्ने दायित्व बहन नगरी बचतकर्ताको रकम जोखिममा राखेको भन्दै कारवाही गरिएको प्रमुख प्रशासकीय अधिकृत मुक्तिनाथ सुवेदीले जानकारी दिए ।

नगरपालिकाले शुक्रबार जारी गरेको सार्वजनिक सूचनामा अन्नपूर्ण वचत तथा ऋणसहकारी संस्था, क्रमिक दैनिक वचत तथा ऋणसहकारी संस्था, जनकल्याण वचत तथा ऋण सहकारी संस्था लगाएतका १७ सहकारी संस्थालाई खारेज गरिएको हो ।

नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारीले यी सहकारीहरुले विगत ४ वर्षदेखि साधारण सभासँगै लेखा परीक्षण नगरेको र संस्था संचालनको विवरण समेत पालिकामा नबुझाएको बताए ।

“खारेज गरिएका संस्थाले कुनै व्यक्ति वा संस्थालाई तिर्नुपर्ने दायित्व रहे संस्थाका संचालक समितिका पदाधिकारीसँग फरफार गरि लिनुहुन भनेका छौं ।” अधिकारीले भने, “यि १७ वटै संस्थाबाट कसैले पनि आर्थिक कारोवार नगर्नु हुन सार्वजनिक सूचना जारी गरिएको छ ।”

उनका अनुसार धनकुटा नगरपालिका भित्र ७० वटा सहकारीहरु संचालित छन् ।

प्रकाशित मिति: १५ भाद्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्