१३ वर्षीया बालिका बलात्कार आरोपमा एक युवक पक्राउ


 


रुकुम, भदौ १५ । रूकुम पश्चिममा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

प्रहरी चौकी त्रिपुराकोटबाट खटिएको टोलीले जिल्लाको आठबिसकोट नगरपालिका–६ बस्ने २१ वर्षीय चिरन्जिवी बोहरालाई पक्राउ गरेको हो ।

बोहराविरूद्ध १३ वर्षीया बालिकालाई त्रिपुरासुन्दरी नगरपालिका–१ बगरस्थित घरमा लगि जबरजस्ती करणी गरेको उजुरी परेको थियो।

यस घटनामा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १५ भाद्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्