पाल्पामा स्कार्पियो दुर्घटना हुँदा ६ जना घाइते

पाल्पा, भदौ १६ । पाल्पामा स्कार्पियो जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
जिल्लाको सालझन्डीबाट गुल्मीको दिगाम आउँदै गरेको बा १६ च ४३७३ नम्बरको स्कार्पियो तानसेन नगरपालिका–१२ गाईघाटमा दुर्घटना भएको हो ।
दुर्घटनामा परेर ६ जना घाइते भएका छन् । त्यसमध्ये दुई जनाको अवस्था मध्यम रहेको प्रहरी हवल्दार बलराम पाण्डेले जानकारी दिए।
दुर्घटनामा परेर घाइते भएका सबैलाई उपचारको लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा लगिएको उनले जानकारी दिए । स्कार्पियो ब्रेक फेल भई सडकबाट करिब एक सय मिटर तल खसेको छ।
प्रकाशित मिति: १६ भाद्र २०८०, शनिबार