सुनको मूल्य सामान्य बढ्यो, चाँदीको घट्यो


 


काठमाडौं, भदौ १७ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ । सुन आज तोलामा एक सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन गएको शुक्रबार प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने आज घटेको छ । चाँदी आज तोलामा १० रुपैयाँ घट्दै प्रतितोला एक हजार चार सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १७ भाद्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्