‍जुम्लामा जिप दुर्घटना, दुई जनाको मृत्यु


 


काठमाडौं, भदौ १७ । जुम्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

गुठीज्यूलाबाट मुगु जादै गरेको भे१ज १०९९ नम्बरको जिप आज बिहान पौने ७ बजे नाग्म गमगड राजमार्गको कनकासुन्दरी–४ स्थित ठगुनेरामा दुर्घटना भएको हो ।

दुर्घटनामा चालक र सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी प्रहरी निरीक्षक उमेश चन्दले जानकारी दिए ।

उनका अनुसार मृतकको पहिचान भएको छैन । जिपमा अन्य यात्रु थिइनन् । जिप सडकबाट करिब तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १७ भाद्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्