सल्यानमा बस पल्टिँदा ६ जना घाइते, दुईको अवस्था गम्भीर


 


काठमाडौं, भदौ १७ । सल्यानको बागचौरमा बस पल्टिँदा ६ जना घाइते भएका छन् ।

सल्यानको बाँफुखोलाबाट दाङको तुलसीपुर जाँदै गरेको रा१ख २५४१ नम्बरको बस बागचौर नगरपालिका–७ चौफारीमा बिहान करिब साढे ५ बजेतिर पल्टिएको हो ।

दुर्घटनामा घाइते भएकाहरुमध्ये बागचौर नगरपालिका वडा नम्बर ६ की रन्जना चन्द र रामबहादुर वलीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरु सबैलाई उद्धार गरेर बागचौर स्थित पोलिक्लिनिकमा उपचारका लागि लगिएको छ ।

प्रकाशित मिति: १७ भाद्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्