चट्याङ लागेर दिदीको मृत्यु, बहिनी घाइते


 


बाजुरा, भदौ १७ । बाजुरामा चट्याङ लागेर दिदीको मृत्यु भएको छ भने बहिनी घाइते भएकी छिन् ।

शनिबार राति चट्याङ लागेर बडीमालिका नगरपालिका–६ कोर्धकी १२ वर्षीया प्रतिक्षा रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए । उनको घटनास्थलमै मृत्यु भएको हो ।

चट्याङ लागेर मृतक रावलकी बहिनी नौ वर्षीया रोजिता रावल घाइते भएकी छिन् । प्रहरीका अनुसार उनीहरु दुवैजना राति सुतेको अवस्थामा चट्याङ लागेको थियो ।

चट्याङ लागेर एउटा भैँंसी, एउटा पाडो र एउटा गोरुसमेत मरेको छ । घाइते रोजिताको मार्तडीस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १७ भाद्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्