समाजवादी युवा संघको केन्द्रीय अध्यक्षमा यादव निर्विरोध


 


जनकपुरधाम, भदौ १७ । जनता समाजवादी पार्टी (जसपा) नेपालको भ्रातृ संगठन समाजवादी युवा संघको केन्द्रीय अध्यक्षमा सञ्जीव यादव चयन भएका छन् ।

हिजो (शनिबार) जनकपुरधाममा बसेको युवा संघको पदाधिकारी बैठकले यादवलाई समाजवादी युवा संघको केन्द्रीय अध्यक्षमा निर्विरोध चयन गरेको हो ।

यादव तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल युवक संगठनका संस्थापक सदस्य हुन् । फोरम नेपालबाट राजनीतिमा होमिएका अध्यक्ष यादव मधेशी किसान फोरमको महासचिव समेत थिए ।

प्रकाशित मिति: १७ भाद्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्