ललितपुरमा १६ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ


 


ललितपुर, भदौ १७ । ललितपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जबरजस्तीकरणी आरोपमा प्रहरीले गोदावरी नगरपालिका–२ बस्ने ३६ वर्षीय सुजन नगरकोटीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

नगरकोटीले किशोरीलाई बिहीबार दिउँसो सोही ठाउँको त्रिवेणीस्थित जङ्गलमा जबरजस्ती करणी गरेको आरोपमा प्रहरी प्रभाग लाकुरी भञ्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: १७ भाद्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्