एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा ९६५ मत खस्यो


 


बुटवल, भदौ १९ । नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि भएको मतदानमा ९ सय ६५ मत खसेको छ ।

आज (मंगलबार) बिहान पौने ९ बजेदेखि पौने ३ बजेसम्म भएको मतदानमा एक हजार चार मतमध्ये ९ सय ६५ मत खसेको निर्वाचन समिति सदस्य विष्णुप्रसाद खनालले जानकारी दिए ।

मतदान सकिएपछि मुचुल्का उठाएर मतगणना प्रक्रिया सुरु गर्ने निर्वाचन मण्डलले जनाएको छ । प्रदेश कमिटीको अध्यक्षका लागि वर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरि रिजाल प्रतिस्पर्धामा छन् ।

पदाधिकारी र सदस्यसहित २०५ को प्रदेश कमिटीका लागि ३६४ जना प्रतिस्पर्धामा उत्रेका थिए ।

प्रकाशित मिति: १९ भाद्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्