खुकुरी प्रहारको घटनालाई थामथुम पार्ने प्रयास हुँदैछ : गगन थापा


 


काठमाडौं, भदौ २१ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणको घटनालाई थामथुम पार्ने प्रयास भएको आरोप लगाएको छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले उक्त घटनाभर्त्सना गर्दै खुकुरी प्रहार गर्ने व्यक्ति सन्काहा भन्दै घटनालाई थामथुम पार्ने प्रयास भइरहेको आरोप लगाएका हुन् ।

उनले यस विषयमा गम्भीरताका साथ सरकारले गहिरो अनुसन्धान गरी घटनाको यथार्थ बाहिर ल्याउन ध्यानाकर्षण गराए । गृहमन्त्रीमाथि प्रश्न गर्दै थापाले बाहिर हिँड्न वा बोल्न नहुने हो भन्दै आक्रोश समेत पोखे ।

‘संविधानसभा सदस्य भएको व्यक्ति सार्वजनिक कार्यक्रमबाट फर्किएर आउँदा खुकुरी प्रहार हुँदा उहाँहरूलाई पोल्नुपर्छ कि पर्दैन ?’ सरकारमाथि प्रश्न गर्दै थापाले भने ।

हिजो (बुधवार राजधानीको रिपोर्टस क्लबमा भएको कार्यक्रम सकेर बाहिर आएपछि नेता यादवमाथि सांघातिक आक्रमण भएको थियो । आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रकाशित मिति: २१ भाद्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्