नेप्से २८ दशमलव ९२ अंकले घट्यो, १ अर्ब बढीको कारोबार


 


काठमाडौं, भदौ २१ । शेयर बजार परिसूचक नेप्से आज (बिहीबार) २८ दशमलव ९२ अंकले घटेर एक हजार नौ सय ३२ दशमलव ४५ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा जलविद्युत्, होटल, बीमा र उत्पादन समूहको शेयर उच्च अंकले ओरालो लागेको छ । आज सबैभन्दा धेरै बाराही पावर कम्पनीको शेयर झन्डै १० प्रतिशत तथा सिटिजन्स म्युचल फन्ड २ र अपर सोलु हाइड्रोको शेयर नौ प्रतिशतले घटेको छ ।

समग्रमा बजार राताम्मे भएको दिन आज सबैभन्दा धेरै शुभम् पावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । आज ३७ लाख ६९ हजार कित्ता शेयर एक अर्ब १५ करोड नौ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै लिबर्टी इनर्जी कम्पनीको छ करोड १५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रकाशित मिति: २१ भाद्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्