सुनको मूल्य बढ्यो, कति छ आज ?


 


काठमाडौं, भदौ २२ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज तोलामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन हिजो प्रतितोला एक लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने आज सामान्य घटेको छ । चाँदी आज तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला एक हजार चार सय पाँच रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २२ भाद्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्