नेप्सेमा सामान्य गिरावट, कारोबार रकम बढ्यो


 


काठमाडौं, वैशाख २६ । साताको चौथो कारोबार दिन नेप्सेमा सामान्य गिरावट आएको छ । आज शून्य दशमलव २१ अंकले घटेर शेयर बजार १ हजार ९६० दशमलव ६० बिन्दुमा बन्द भएको छ ।

आज २ अर्ब ५० करोड रुपैयाँको ५७ लाख ९० हजार १९० कित्ता सेयर खरिद–बिक्री भएको छ । यद्यपि, यो हिजोको भन्दा थोरैले बढी हो ।

मंगलबार २.०६ अंकले बढेको सेयर बजारमा २ अर्ब १४ करोड रुपैयाँको ५० लाख ६४ हजार ३८ कित्ता सेयर कारोबार भएको थियो ।

प्रकाशित मिति: २६ बैशाख २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्