सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ


 


काठमाडौं, भदौ २२ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६० किलो सात सय १६ ग्राम सुन प्रकरणमा थप एकजना पक्राउ परेका छन् ।

सुनचाँदी व्यवसायी समिति बाराका अध्यक्ष शिवकुमार सर्राफलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।

उनका अनुसार सर्राफलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले गए राति पक्राउ गरेको हो । राजस्व अनुसन्धान विभागको टोलीले गएको गत साउन ३ गते उक्त सुन बरामद गरेको थियो ।

उक्त प्रकरणमा हालसम्म पक्राउ पर्नेको संख्या २७ पुगेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २२ भाद्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्