प्रचार सामग्री टाँस्ने र वितरण गर्ने ३ जना पक्राउ


 


काठमााडौ, भदौ २३ । काठमाडौँ महानगरपालिकाको प्रहरी टोलीले अनधिकृत प्रचार सामग्री टाँस्ने, वितरण गर्ने ३ जनालाई आज कलङ्की क्षेत्रबाट नियन्त्रणको छ ।

विभिन्न पदमा रोजगारको अवसर, उल्लेख भएका पर्चामा भएको फोन नम्बर पछ्याउँदै रमेश खत्री, माधव पन्त र गणेश आचार्यलाई नियन्त्रणमा लिएर जरिवाना तिराइएको हो ।

नगर प्रहरी निरीक्षक प्रकाश पण्डित, नायव निरीक्षक राजकुमार चौलागाईँ र सहायक निरीक्षक प्रयास घिमिरेको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो ।

महानगरले सडक वा सडकका भित्ता, बिजुलीका पोल, रेलिङ, बार, पार्क, पर्खालजस्ता ठाउँहरूमा प्रचारका सामग्री टाँस्न रोक लगाएको छ ।

यस्ता घटना हेर्दा प्रचार सामग्रीले सहरी सुन्दरता बिगारेको मात्र होइन, गलत प्रचारबाट धेरै व्यक्तिहरू समस्याको सिकार पनि बनाएको देखिन्छ ।

गएको बुधबार उपप्रमुखको सचिवालयमा रोजगारका नाममा युवायुवती ठगिँदै छन् भन्ने गुनासो टिपाइएको थियो । सचिवालय प्रमुख सौरभ गौत्तमका अनुसार, काम पाइन्छ भनेर कम्पनीमा जानेहरूसँग तलब स्केल देखाएर त्यसबापत शुल्क उठाउने गरेको गुनासो आएको हो ।

प्रकाशित मिति: २३ भाद्र २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्