विमानस्थल सञ्चालनमा आएको आठ महिनापछि पोखराबाट दोस्रो अन्तर्राष्ट्रिय उडान


 


पोखरा, भदौ २३ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दोस्रो अन्तर्राष्ट्रिय उडान भएको छ ।

शनिबार भुटानको पारोबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रोयल भुटानको एयरबस ए ३१९ जहाजले उडान गरेको हो ।

उक्त विमान आज बिहान ६ः३९ बजे पोखरा विमानस्थलमा अवतरण गरेको थियो । विमान ८ः५ बजे फर्किएको छ । विमानस्थल सञ्चालनमा आएको आठ महिनापछि दोस्रो अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएको हो ।

यसअघि गत असार ६ मा चीनको सिचुवानबाट पहिलोपटक चार्टर्ड विमान उडान गरेको थियो ।

प्रकाशित मिति: २३ भाद्र २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्