जनतामा उत्साह छ, भ्रष्टाचारी अत्तालिएका छन् : प्रधानमन्त्री प्रचण्ड


 


काठमाडौं, भदौ २३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह जागेको भएपनि भ्रष्टाचारमा रमाउनेहरू अत्तालिएको बताएका छन् ।

सहिद सुरेश वाग्लेको स्मृति कार्यक्रममा सहभागी हुन गोरखा पुगेका प्रधानमन्त्रीले भच्चेकमा योङ्ग कम्युनिस्ट लीग नेपाल अजिरकोट गाउँपालिका दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकारले सामाजिक सुरक्षा कोषको अभियान, पासपोर्ट र यातायातमा देखिएका लाइन हटाउने अभियान र भ्रष्टाचार विरोधी अभियान चलाएर नयाँ परिवर्तन सुरुवात गरेको बताए ।

उनले माओवादी केन्द्रलाई पुनः जनताको पार्टीको रूपमा स्थापित गर्ने बताए । अहिले आफूहरु पार्टी पुनर्निर्माण गर्ने अभियानमा रहेको भन्दै उनले अभियान देश भर उत्साहपूर्ण ढङ्गले अगाडि बढेको बाए ।

प्रकाशित मिति: २३ भाद्र २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्