गौहत्याको विरोध गर्दै काठमाडौंमा शान्तिपूर्ण र्‍याली


 


काठमाडौं, भदौ २३ । गौहत्याको विरोध गर्दै काठमाडौंमा शान्तिपूर्ण र्‍याली निकालिएको छ ।

वैदिक सनातन धार्मिक महासंघको आह्वानमा शनिबार काठमाडौंको माईतीघरमण्डलादेखि नयाँ बानेश्वरसम्म गौहत्याको विरोधमा शान्तिपूर्ण र्‍याली निकालिएको हो ।

र्‍यालीमा सहभागी भएकाहरुले गौहत्यारालाई कारबाही गर्न सरकारसँग माग गर्दै नाराबाजी लगाएका थिए । उनीहरुले क्रिश्चियन धर्मको प्रचारबाजी निषेध गर्न पनि सरकारलाई दबाब दिएका थिए ।

नेपालमा आफ्नो धर्म, संस्कृति विरोधी गतिविधि बढेकाले आफूहरुले त्यसको संरक्षणको निम्ति प्रदर्शन गर्नु परेको र्‍यालीमा सहभागीहरुले बताएका छन् ।

राष्ट्रिय झण्डासहित सहभागी भएका उनीहरुले हिन्दु राष्ट्रको पक्षमासमेत नारासहित नेपाल कायम हुनुपर्ने माग पनि गरेका छन् ।

प्रकाशित मिति: २३ भाद्र २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्