सरकार आफै तस्करी र कमिशनमा संलग्न छ : ओली


 


काठमाडौं, भदौ २५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आफैँ तस्करीमा संलग्न रहेको आरोप लगाएका छन् ।

तेजाब आक्रमण विरुद्धको जागरण दिवसका अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले सरकार आफैँ तस्करीमा संलग्न रहेको र कमिशनमा डुबेको बताए ।

सरकारले अनेक किसिमका स्टन्टबाजी मात्रै गर्ने गरेको भन्दै उनले सुशासन र विकासका बाटोतर्फ लाग्न सरकारलाई सुझाव दिए ।

अध्यक्ष ओलीले तेजाब आक्रमणमा परेका पीडितहरुलाई निशूल्क उपचारको व्यवस्था गर्नुपर्ने भन्दै यस्तो अपराध गर्नेलाई कडा सजाय दिनु आवश्यक भएको बताए । उनले तेजाब आक्रमण विरुद्धको आवाज संसदमा झनै प्रभावकारी ढंगले उठाउने बताए ।

साथै उनले राजनीतिक कुरालाई भन्दा जागरणको कुरा प्रचारमा ध्यान दिन सञ्चारमाध्यमलाई सुझाव समेत दिए ।

प्रकाशित मिति: २५ भाद्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्