नेप्से ४४ अंकले बढ्यो, कारोबार रकम पनि बढ्यो


 


काठमाडौ,भदौ २५ । साताको कारोबारको दास्रो दिन आज (सोमबार) पनि नेप्से परिसूचक बढेको छ । यसदिन नेप्से ४४.३० अंकले बढेर १९८६.९९ बिन्दुमा बन्द भएको छ।

सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

गत कारोबार दिन १ अर्ब ७ करोड २२ लाख १२ हजार ४१८ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर १ अर्ब ५१ करोड ८३ लाख ४३ हजार ३९७ रुपैयाँ पुगेको छ।

यस दिन २७८ वटा धितोपत्रको ४७ लाख ४२ हजार ५११ कित्ता सेयर किनबेच भएको हो।

सोमबार थ्री स्टार हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ। उक्त कम्पनीको सेयर मूल्य ३७८ रुपैयाँ पुगेको छ।

यस्तै, मेन्छियाम हाइड्रोपावरको सेयर मूल्य ९।९७ प्रतिशतले बढेर प्रति कित्ता मूल्य २१५ रुपैयाँ कायम भएको छ।

सेयर मूल्य सर्वाधिक घट्नेमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ रहेको छ। उक्त योजनाको इकाइ मूल्य ७।४३ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ७ रुपैयाँ ९७ पैसामा सीमित भएको छ।

यस्तै, ८.५५ नेपाल बैंक डिवेञ्चर २०८७ को मूल्य ३.७८ प्रतिशतले घटेर प्रति डिवेञ्चर मूल्य ७८५ रुपैयाँ कायम भएको छ।

सोमबार साल्ट ट्रेडिङ कर्पोरेशनको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता पाँच हजार सात सय रुपैयाँमा ६ करोड २५ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ३।६४ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एभरेष्ट बैंक रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६२० रुपैयाँ ३० पैसामा ५ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो। यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ३.६५ प्रतिशतले बढेको हो।

प्रकाशित मिति: २५ भाद्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्