विद्युतीय गाडीको प्रयोगलाई प्रोत्साहन गर्न वाणिज्य बैंकको ‘लोन अफर’


 


काठमाडौं, भदौ २५ । विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न राष्ट्रिय वाणिज्य बैंकले राष्ट्रिय पर्वको अवसरमा लोन अफर ल्याएको छ ।

बैंकले विज्ञप्ति जारी गर्दै सरकारको नीति अनुरुप मंगलबारदेखि लागू हुने गरेर ‘आबीबीएल इभी फेष्टिभ लोन अफर’ ल्याएको जानकारी दिएको हो ।

‘यो वर्षको फेष्टिबल जोन, आरबीबीको ईभी लोन’ भन्ने मुल नारासहित बैंकले चाडपर्व विशेष योजना ल्याएको बैंकले जनाएको छ । यो योजना अनुसार सबैभन्दा न्युन व्याजदर ९.९५ प्रतिशत छ ।

लागत मूल्यको अग्रीम भुक्तानी २० प्रतिशत दिइने छ । अतिकतम एक करोड कर्जा सीमा तोकिएको छ । बैंकले आपूर्ति आदेश दिएको १५ दिन वा योजना अवधि भित्र कर्जा लिइसक्नुपर्ने भनिएको छ ।

प्रकाशित मिति: २५ भाद्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्