कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक


 


काठमाडौं, भदौ २७ । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ।

बैठक असोज ४ गते दिउँसो १ बजेका लागि बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठक केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।

कांग्रेसले गत साउन १० गते असोज २ गतेका लागि केन्द्रीय समिति बैठक तय गरेको थियो। तर दुई दिन पछि सारेर बैठक बोलाइएको हो।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको आन्तरिक विषयलगायतमा छलफल हुने बताइएको छ।

प्रकाशित मिति: २७ भाद्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्