नेम्वाङको पार्थिव शरीर अन्त्येष्टिका लागि पशुपति लगिँदै


 


काठमाडौं, भदौ २८ । नेकपा एमालेका नेता सुवास नेम्वाङको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिएको छ।

नेम्वाङको पार्थिव शरीरलाई बिहीबार बालुवाटारस्थित घरबाट आर्यघाटतर्फ लगिएको हो। नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानसाथ गरिने मन्त्रिपरिषद बैठकले निर्णय गरेको थियो।

नेम्वाङको निधनमा सरकारले बिहीबार सार्वजनिक बिदासमेत दिएको छ। नेम्वाङको गत भदौ २६ गते हृदयघातका कारण निधन भएको थियो।

प्रकाशित मिति: २८ भाद्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्