पशुपतिमा नेम्वाङको अन्तिम बिदाइ गरिँदै


 


काठमाडौं, भदौ २८ । नेकपा एमाले नेता सुवास नेम्वाङको शवयात्रा पशुपतिस्थित आर्यघाट पुर्याइएको छ ।

बालुवाटारस्थित निवासबाट सुरु भएको शवयात्रा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, चाबहिल हुँदै पशुपति आर्यघाट पुगेको हो ।

यात्रामा अन्य शुभेच्छुक तथा सर्वसाधारण पनि सहभागी भएको छन् । नेम्वाङलाई अन्तिम बिदाई गर्न पशुपतिमा पनि सर्वसाधारणको उल्लेख्य उपस्थिति छ ।

गत मंगलबार निधन भएका नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ ।

उनको निधनको शोकमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ ।

प्रकाशित मिति: २८ भाद्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्