महाकालीको झोलुङ्गे पुलबाट एक पुरूषले नदीमा हाम फाले


 


दार्चुला, भदौ २८ । दार्चुलास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुलबाट एक पुरूषले महाकाली नदीमा हाम फालेका छन्।

सदरमुकाम खलंगास्थित झोलुङ्गे पुलबाट बिहीबार बिहान साढे ७ बजेतिर हाम फालेर बेपत्ता भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार बेपत्ता पुरूषको पहिचान खुलेको छैन । सुरक्षाकर्मी र स्थानीयले नदी किनारमा बेपत्ता व्यक्तिको खोजी गरिरहेका छन्।

पुलबाट हाम फाल्नुअघि ती पुरुष नेपालबाट झोलुङ्गे पुल हुँदै भारततर्फ गएका थिए । तर भारतीय सीमा सुरक्षा बल ‘एसएसबी’ले पहिचान पत्र माग्दा कुनै किसिमको कागज नभएपछि उनलाई नेपाल फर्काएको बताइएको छ ।

स्थानीयका अनुसार भारतीय सुरक्षाकर्मीले नेपाल फर्काएपछि ती पुरुषले पुलको बिच भागबाट महाकालीमा हाम फालेका हुन् ।

प्रकाशित मिति: २८ भाद्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्