मध्यपहाडलाई देश विकासको मुलधारमा जोड्न मध्यपहाडी यात्रा : एमाले नेता राई


 


विराटनगर, मंसिर २६
नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले मध्यपहाडलाई देश विकासको मुलधारमा जोड्न मध्यपहाडी यात्रा गरिएको बताउनुभएको छ ।

उहाँले देशको सम्वृद्धिका लागि मध्यपहाडसँग संभावनाको खानी रहेकाले ती संभावनाको पहिचान गरिने बताउनुभयो । यात्राका क्रममा मध्यपहाडको बिकास,सम्बृद्धि,पूर्वाधार,कृषि,पर्यटन,मध्यपहाडका जनताको अवस्थाका बारेमा जानकारी हासिल गरिने उहाँको भनाई छ ।

“जनतासँग नजिकको सम्बन्ध स्थापित गर्न यो यात्रा महत्वपूर्ण हुने छ” स्थायी कमिटी सदस्य राईले प्रष्ट पार्नुभयो । सबै जातजातीको भाषा सँस्कृतिको प्रर्वधनमा यो यात्राले भूमिका खेल्ने छ ।

कोशी प्रदेशमा आज देखि सुरु हुने यात्रामा ठाँउ ठाँउमा जातीय झाँकी प्रस्तुत गर्ने कार्यक्रम छ । उहाँले यो सम्बृद्धिको यात्रामा कोशी प्रदेशका नागरिकलाई पायक पर्ने ठाँउमा सहभागि हुन आग्रह गर्नुभयो ।

मध्यपहाडको सम्बृद्धिका लागि आयोजना गरिएको राष्ट्रिय अभियानलाई अवरोध नगर्न उहाँले सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्