गृह मन्त्रालयले २५ जना सह-सचिवको सरुवा गर्यो, को कहाँको सिडि‌ओ भए ?


 


काठमाडौं । गृह मन्त्रालयले २५ जना सह-सचिवको सरुवा गरेको छ । एकैपटक गरिएको सरुवामा विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित गृह मन्त्रालय मातहत निकायका रहेका छन् ।

सरुवा विवरण अनुसार पाल्पामा रहेका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला झापा सरुवा भएका छन् । पाल्पामा आनन्द काफ्लेको सरुवा भएको छ ।

मोरङको सिडिओमा प्रेम प्रसाद भट्टराईको सरुवा भएको छ भने त्यहाँका विरेन्द्र कुमार यादव मन्त्रालय आउने भएका छन् । भोजपुरको प्रमुख जिल्ला अधिकारीमा नारायण प्रसाद सापकोटा गएका छन् भने भोजपुरमा कार्यरत हरि प्रसाद घिमिरेको उदयपुर सरुवा भएको छ ।

को कहाँ सरुवा र पदस्थापन भए ? हेर्नुहोस् विवरण

प्रकाशित मिति: २९ मंसिर २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्