राजु तामाङ बने सिटी एक्सप्रेसको १० गुणा बढी पैसा पाउने विजेता


 


काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्स्फरको ‘विदेशबाट सिटी पठाऔँ, पठाएकोभन्दा १० गुणा बढी पाऔँ’ योजनाअन्तर्गत राजु तामाङ मेगा बम्पर उपहार विजेता बनेका छन् ।

सिटी एक्सप्रेसका ब्रान्ड एम्बासडर हास्य कलाकार जितु नेपाल र कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टन्डनको उपस्थितिमा विद्युतीय प्रणालीबाट विजेता छनोट गर्दा साउदी अरबबाट रेमिट्यान्स पठाउने राजु तामाङले मेगा बम्पर उपहार जितेका हुन्।

उनले आफूले पठाएको रकम ५३,०७५ रुपैयाँको १० गुणा ५ लाख ३० हजार ७५० रुपैयाँ जितेका छन् । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले जनाएको छ ।

कम्पनीले गत असोज १५ देखि मंसिर १५ गतेसम्म चल्ने गरी दशैँ, तिहार र छठलाई लक्षित गर्दै ग्राहकवर्गसँग पर्वको खुसी साट्न लगातार ६१ दिनसम्म चल्ने गरी उपहार योजना घोषणा गरेको थियो।

सोही योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक महिना एकजनाले एक लाख रुपैयाँ, हरेक हप्ता ५ जनाले जनही २५ हजार र ६१ दिन लगातार सयजना विजेताले जनही रु पाँच हजारको वालेट टपअप जितिसकेका छन्।

प्रकाशित मिति: २ पुस २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्