छोराले खुशी ल्याउला भन्ने आशामा थिइन आमा, काख नै रित्तियो


 


काठमाडाैं । घरको ऋण शिरमा बोकेर विदेशको सपना देख्दै काठमाडौं गएका दैलेख महाबु गाउँपालिका २३ वर्षे सुजन राउतको ललितपुरको बालकुमारी घटनामा सदाको लागि अस्ताएका छन् ।

उनकाे ललितपुरकाे किस्ट अस्पतालमा उपचारकाे क्रममा निधन भयाे । सुजन शुक्रबार बालकुमारीमा भएकाे प्रदर्शनमा सहभागी हुन पुगेका थिए । तर उनकाे प्रहरीकाे लाठी लागेर मृत्यु भयाे ।

उनी दैलेख जिल्ला महाबु गाउँपालिका–६ रानिवनका बुवा भक्त बहादुर राउत र आमा नन्दकुमारी कटुवाल राउतका जेठा छोरा हुन् । उनी २ महिनादेखि काठमाडौँ बसेर इपीएस परीक्षाको तयारी गरिरहेका थिए ।

गत वर्ष मात्रै बाबुको ब्रेन ट्युमरका कारण मृत्यु भएपछि सुजनमाथि घर चलाउने दायित्व थपिएको थियो । एक वर्ष अगाडि उनका बाबु भक्तबहादुर राउतको ब्रेन ट्युमरका कारण मृत्यु भएको थियो ।

केही बर्ष अगाडि दैलेख बजारमा भाडा व्यवसाय गर्दै आएका राउत परिवारको व्यवसाय राम्रो चलेको थियो । रावत उद्योग वाणिज्य संघ दैलेखको उपाध्यक्षसमेत भएका थिए ।

उनी दैलेख बजारमा एक सफल व्यवसायीका रुपमा परिचत थिए । पछि उनलाई ब्रेन ट्युमरका भयो । बिरामीबाट थलिएका रावतको व्यवसाय पनि थलिदै गयो ।

उपचारका लागि भएको सबै सम्पत्ति पनि सकियो । उनलाई बचाउनका लागि उनका परिवार र आफन्तले जति प्रयास गरे पनि उनलाई बचाउन सकेनन् । उनी गत बर्षको मंसिर ११ गते उपचारकै क्रममा निधन भयो ।

प्रकाशित मिति: १४ पुस २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्