ललितपुर सिडिओको जिम्मेवारी तुलसीबहादुर श्रेष्ठलाई


 


काठमाडौं । गृह मन्त्रालयले ललितपुरको प्रमुख जिल्ला अधिकारीमा तुलसीबहादुर श्रेष्ठलाई पठाएको छ । श्रेष्ठ गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका थिए ।

बालकुमारी घटनापछि ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित गृह मन्त्रालय तानिएका थिए ।

त्यस्तै ललितपुरको प्रहरी प्रमुखमा एसएसपी शेखर खनाललाई पठाइएको छ । प्रहरी प्रधान कार्यालयमा कार्यरत खनालले ललितपुरमा प्रहरी प्रमुखको जिम्मेवारी पाएका हुन् ।

केहि दिन अघि ललितपुरको बालकुमारीमा ईपीएसको परीक्षालाई लिएर भएको आन्दोलनका क्रममा दुई जनाको मृत्यु भएपछि ललितपुरका प्रहरी प्रमुख सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय तानेको थियो ।

प्रकाशित मिति: २० पुस २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्