यी हुन् एमालेले मनोनित गरेका ६ जना केन्द्रीय सदस्य


 


काठमाडौं । नेकपा एमालेले ६ जनालाई केन्द्रीय सदस्य मनोनित गरेको छ । एमाले सचिवालयको शुक्रबार बसेको बैठकले ५ पूर्व प्रदेश अध्यक्षलाई केन्द्रीय सदस्य मनोनित गरेको हो ।

कोशी प्रदेशका पूर्वअध्यक्ष तुलसी प्रसाद न्यौपाने, मधेस प्रदेशका राम अवतार यादव, बाग्मतीका केशवराज पाण्डे, कर्णालीका बिनोद शाह र सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश अध्यक्ष दामोदर भण्डारीलाई केन्द्रीय सदस्य मनोनित गरिएको छ ।

यस्तै झापा जिल्ला अध्यक्ष दीपक कार्की केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय भएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।

प्रकाशित मिति: २० पुस २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्