माओवादी नेता गगन सम्पत्ति शुद्धीकरणमा दोषी ठहर


 


काठमाडौं । विशेष अदालतले नेकपा (माओवादी केन्द्र) का नेता रेवतराज पुरी ‘गगन’लाई सम्पत्ति शुद्धीकरणमा दोषी ठहर गरेको छ ।

आइतबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले पुरीलाई दोषी ठहर गरेको हो ।

गगन र उनकी श्रीमती सीमाको नाममा ४ करोड ३ लाख ३४ हजार ८ सय ९४ रुपैयाँ अवैध सम्पत्ति भेटिएकोले दुवै जना सम्पत्ति शुद्धीकरण ऐनअनुसार दोषी ठहर भएको बताइएको छ ।

अदालतले सजाय निर्धारणका लागि आगामी फागुन ६ गते पेसी तोकेको छ। पुरी गत वर्ष सम्पन्न निर्वाचनमा झापा क्षेत्र नम्बर ५ (ख) मा माओवादीबाट प्रदेश सभा सदस्यका उम्मेदवार थिए ।

झापाको ‘बालुवाटार काण्ड’ भनेर चिनिने दमक-१३ मा सरकारी जग्गा हडपेर सम्पत्ति आर्जन गरेको निष्कर्षसहित सम्पत्ति शुद्धीकरण विभागले पुरी दम्पतीसहित ६ जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

प्रकाशित मिति: २९ माघ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्