सूर्यदर्शन सहकारी ठगी प्रकरण : प्रमोद भट्टराई कारागार चलान


 


काठमाडौं । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक समिति सदस्य प्रमोद भट्टराई पुर्पक्षका लागि जेल चलान भएका छन‍् । उनलाई सोमबार पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।

सुनसरी जिल्ला इनरुवा नगरपालिका-५ घर भएका भट्टराई गत बिहीबार काठमाडौं गोकर्णेश्वर नगरपालिका-४ माकलबारीबाट पक्राउ परेका थिए ।

बिहीबार १ बजे दिउँसो पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्की ल्याइएको प्रहरीले जनाएको छ।

कास्की प्रहरीका अनुसार सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अहिलेसम्म ५ जना पक्राउ परेर जेल चलान भएका छन् भने मुख्य ठग भनिएका जीबी राईसहित १४ अझै फरार छन् ।

सूर्यदर्शन सहकारीका पीडितहरुले सोमबार मात्रै रवि लामिछाने सहित १८ जना विरुद्ध पुरक जाहेरी समेत दिएका छन् ।

कास्कीमा मात्रै १९ हजारभन्दा बढी बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको उनीहरुमाथि आरोप छ।

प्रकाशित मिति: १ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्