माओवादी पदाधिकारी बैठक महराबारे अनिर्णित, तीन दिन पर्खिने


 


काठमाडौँ, चैत ६ । माओवादी केन्द्रको पदाधिकारी बैठक सुन तस्करी प्रकरणमा प्रहरी हिरासतमा रहेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महराबारे अनिर्णित भएको छ ।

मंगलबार बसेको माओवादी पदाधिकारी बैठक महराबारे ठोस निर्णय गर्न नसकेको सकिएको हो । बैठकमा अधिकांश पदाधिकारीले उपाध्यक्ष पदबाट निलम्बन गर्नुअघि आफैं राजीनामा दिनु उपयुक्त हुने धारणा राखेका छन् ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल महरालाई पदबाट निलम्बन गर्नुअघि एक पटक महराको धारणा बुझ्नुपर्ने पक्षमा देखिएको एक नेताले बताए । महराले हिसासतको म्यादसम्म आफूलाई निर्णय गर्ने समय दिन सूचना पार्टीलाई पठाएको बताइएको छ ।

सोमबार कपिलवस्तुबाट पक्राउ गरी काठमाडौं ल्याइएका महरालाई जिल्ला अदालतले चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो । यसअर्थ माओबादी केन्द्रमा महराबारे निर्णय गर्न अझै तीन दिन पर्खिने विषयमा छलफल भएको छ ।

प्रकाशित मिति: ६ चैत्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्