सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक


 


काठमाडौं, चैत ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका छन् ।​​

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र गठबन्धनमा आबद्ध शीर्ष नेताहरुको उपस्थितिमा उक्त संकल्प सार्वजनिक गरिएको हो ।

सत्ता गठबन्धनमा आबद्ध दलका नेताको कार्यदलले तयार गरेको मस्यौदालाई शीर्ष नेताले टुंग्याएपछि कार्यक्रम सार्वजनिक भएको हो । ​

जनतामा रहेको निराशा चिर्दै आशा र भरोसा कायम गर्ने लक्ष्य राखिएको कार्यक्रममा नेपाली जनताको सर्वोपरि हितलाई केन्द्रमा राखिएको छ ।

सत्तारूढ गठबन्धनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) समावेश छन् ।

प्रकाशित मिति: ६ चैत्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्