त्रिशूली ट्याक्सी दुर्घटना : पाँच जनाको मृत्यु, एक बेपत्ता


 


काठमाडौं, चैत १७ । त्रिशूलीमा भएको ट्याक्सी दुर्घटनामा पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ ।

काठमाडौंबाट गोरखा जाँदै गरेको बा२ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान इच्छाकामना–५ नाग्दी खोला पुल नजिकैबाट त्रिशूलीमा खस्दा पाँच जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा गोरखा नगरपालिका–४ फिनाम की ७० वर्षीया जुनकुरी रोका, हरिमाया रोका, याङ्कोटककी २८ वर्षीया अन्जना रोका, चालक गोरखाकै ३५ वर्षीय अर्जुन सिर्मल र ८ वर्षीय आगमन उपरकोटी रहेका छन् ।

दुर्घटनामा एक जना बेपत्ता भएका छन् । उनी पनि गोरखाकै फिनामका विवश रोका रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १७ चैत्र २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्