सिमेन्टको मूल्य बढ्यो


 


काठमाडौं, चैत २९ । निमार्ण रामग्री सिमेन्टको मूल्य बढेको छ ।

सिमेन्ट कम्पनीहरूले प्रतिबोरा १५ रूपैयाँदेखि २५ रूपैयाँसम्म बढाएका छन् ।

उद्योगमा लोडसेडिङका कारण उत्पादनमा कमी आउँदा सिमेन्टको मूल्य बढाइएको नेपाल निर्माण सामग्री व्यापार संघ, काठमाडौंका सल्लाहकर अनसन शाखःले बताए ।

शाखः का अनुसार रिद्धिसिद्धी र सौर्य सिमेन्टले बैशाख १ गतेदेखि लागु हुने गरी प्रतिबोरा २५ रूपयाँका दरले बढाएका छन् ।

त्यस्तै, युनाइटेड सिमेन्टले गत मंगलबारदेखि लागु हुनेगरी प्रतिबोरा २० रूपैयाँका दरले बढाएका छन् ।

प्रकाशित मिति: २९ चैत्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्