मोर्चाले सरकारलाई दबाब दिदै


 


काठमाडौं, पुस २०

संविधान संशोधन विधेयकलाई प्रक्रियामा अघि नबढाएको भन्दै सरकारसँग रुष्ट बनेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनको बैठक आज छुट्टा छुट्टै बस्दै छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई विश्वासमा लिने नाममा सत्तासिन दलले संविधान संशोधन विधेयकलाई अघि नबढाएको भन्दै मोर्चाका नेताहरु आक्रोसित भएका छन् ।

आक्रोसित मोर्चाले आजको बैठकमा सर्वोच्च अदालतको आदेश पछि संशोधनलाई तत्काल प्रक्रिया मार्फत अघि बढाउन सत्तासिन दलहरुलाई दबाब दिने विषयमा छलफल गर्ने बताएको छ । सद्भावनाका महासचिव मनिष कुमार सुमनका अनुसार संघीय गठबन्धनको बैठक अपरान्ह तीन बजे र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक मध्यान्ह १२ बजे पछि बस्ने छ ।

सत्तासिन दलले संशोधन प्रस्तावलाई अघि बढाउनुको सट्टा विभिन्न बहाना बाजी गरी रहेको भन्दै मोर्चाले अव यस्ता बहानबाजी नचल्ने जनाएको छ । आफूहरुसँग सरकारले गरेको सहमति अनुसार नै प्रक्रिया अघि बढाउनु पर्ने भन्दै मोर्चाले जसरी पनि दुइ तिहाइ समर्थनमा संशोधन विधेयक पास गर्नु पर्नेमा जोड दिएको छ ।

प्रकाशित मिति: २० पुस २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्