संविधान संशोधन नगरी निर्वाचन घोषणा गरिए निर्वाचनमा सहभागी नहुने – महतो



काठमाडौँ, पुस २०

मधेशी मोर्चा आवद्ध दल सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन नगरी निर्वाचन घोषणा गरिए मोर्चा निर्वाचनमा सहभागी नहुने उदघोष गरेका छन । जिल्ला कार्यसमिति काठमाडौले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महतोले पछिल्लो समय संशोधन अल्पमतमा पारिएको खण्डमा चुनावमा भाग नलिने प्रष्ट पारे  ।

संविधान संशोधन विधेयक संसदवाट पारित गराउनका लागि बहुमत आवश्यक भएको भन्दै मधेसको अधिकार दिने कुरामा संशोधन अल्पमतमा पारिए आफूहरु कुनैपनि निर्वाचनमा सहभागी नहुने जिकिर गरे । प्रतिपक्षी एमाले संविधान संशोधनलाई अल्पमतमा पार्ने षड्यन्त्रमा लागेको आरोप लगाउदै मधेसी जनजातिको हक अधिकार सुनिश्चत गर्न एमालेसहितको समर्थनमा बहुमतले संविधान संशोधन गर्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News