सुनको मूल्य फेरि बढ्यो, कति छ तोलाको ?


 


काठमाडौं, वैशाख ३ । नेपाली बजारमा सुनको मूल्य आज फेरि बढेको छ ।

सुन आज तोलामा सात सय रुपैयाँ बढ्दैै प्रतितोला एक लाख ३७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख ३६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार सात सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ३ बैशाख २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्