इलाम र बझाङका लागि पठाइयो मतपत्र


 


काठमाडौँ, बैशाख ५ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभा १ का लागि मतपत्र पठाएको छ ।

इलाम क्षेत्र नम्बर २ का लागि १ लाख २८ हजार प्रति मतपत्र र बझाङमा हुन लागेको उपनिर्वाचनका लागि ६८ हजार मतपत्र छपाई गरी सम्बन्धित क्षेत्रमा पठाएको प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए .

उनका अनुसार मतदाता सङ्ख्या भन्दा झन्डै १० प्रतिशत बढी मतपत्र पठाइएको छ ।

प्रकाशित मिति: ५ बैशाख २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्