सुनको मूल्य स्थिर, चाँदीको बढ्यो


 


काठमाडौं, वैशाख ९ । नेपाली बजारमा उकालो लागिरहेको सुनको मूल्य आज पनि स्थिर छ ।

गत शुक्रबार प्रतितोला एक लाख ३९ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको यो मूल्य हालसम्मकै उच्च हो ।

सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने आज बढेको छ ।

चाँदी आज तोलामा २० रुपैयाँ बढ्दै प्रतितोला एक हजार सात सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: ९ बैशाख २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्