नेप्सेमा दोहोरो अंकको सुधार


 


काठमाडौं, वैशाख ९ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज (आइतबार) दोहोरो अंकले सुधार भएको छ ।

आज नेप्से १२.२९ अंकले बढेर एक हजार ९ सय ८४ दशमलव ४३ विन्दुमा बन्द भएको हो ।

नेप्सेमा आज २ अर्ब २५ करोड ९९ लाख ५९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १७६ वटाको बढेको छ भने ६३ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज दोल्ती पावर कम्पनीको शेयरमूल्य ९.८८ प्रतिशतले बढेको छ । यसका साथै आज एनआइसी एशिला लघुवित्त वित्तीय संस्था र रु रु जलविद्युत परियोजनाको शेयरमूल्य ८ प्रतिशतले बढेको छ ।

आज पिपुल्स पावर लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ७.४६ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा बढि गोर्खाज फाइनान्स लिमिटेडको १० करोड २१ लाख बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति: ९ बैशाख २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्