प्रहरीले बोकेको पेस्तोल हरायो


 


बारा, वैशाख ११ । बारामा अपरेसनका क्रममा प्रहरीले बोकेको पेस्तोल हराएको छ।

सोमबार राति लागुऔषध अपरेसनका क्रममा वरिष्ठ सई पुज्य बिसीले बोकेकको पेस्तोल हराएको हो।

हराएको पेस्तोलमा एउटा म्यागेजिन रहेको जिल्ला प्रहरी कार्यालय बाराका एसपी महेन्द्र खड्काले जानकारी दिए।

अहिले उक्त पेस्तोल खोजी गरिरहेको उनले बताए। 

प्रकाशित मिति: ११ बैशाख २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्