होटेलमा महिला र पुरूष मृत फेला


 


जनकपुरधाम, वैशाख ११ । जनकपुरको रामानन्दचौक स्थित होटेल होलिडे एण्ड गेष्ट हाउसमा महिला र पुरुष मृत फेला परेका छन् ।

धनुषाका प्रहरीका अनुसार आज बिहान ११ बजेतिर कोठा नम्बर २०५ मा महोत्तरीको पिपरा गाउँपालिका–३ का ३१ वर्षीय हितेन्द्र पासवान र पिपरा नै माइत भएकी महोत्तरीको लोहारपट्टी नगरपालिका ४ खट्टाकी अन्दाजी २५ वर्षीया प्रियंका कापर मृत फेला परेका हुन् । उनीहरु झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

कोठा भित्र महिलाकी अढाई वर्षीया छोरी रोइरहेको आवाज सुनिएपछि झ्यालबाट हेर्दा सलको पासोमा झुन्डिएका थिए । धनुषाको प्रहरी टोली घटनास्थलमा पुगेर ढोका फोडेर बालिकालाई बाहिर निकालेको छ ।

दुवैजनाको अनैतिक सम्बन्ध रहेको आशंका गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुवैजना चार दिनदेखि होटेलमा थिए । प्रहरीका अनुसार पुरूषको चार र महिलाको एक सन्तान छन् ।

प्रकाशित मिति: ११ बैशाख २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्