कतारका राजाको सम्मानमा राष्ट्रपति पौडेलद्वारा रात्रिभोज आयोजना


 


काठमाडौँ, वैशाख ११ । दुई दिने राजकीय भ्रमणमा नेपाल आइपुगेका कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानीको सम्मानमा राष्ट्रपति रामचन्द्र पौडेलले रात्रिभोजको आयोजना गरेका छन् ।

अमिरले आजै साँझ राष्ट्रपति रामचन्द्र पौडेलसँग उनको निवासमा भेटघाट गर्ने कार्यक्रम पनि रात्रिभोजको आयोजना गरिएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलसँग भेटघाट गरी अमिर शेख सोल्टी होटेल पुग्ने कार्यक्रम छ । सोल्टी होटेलमा विभिन्न भेटघाट हुनुका साथै रात्रिभोजको आयोजना गरिएको हो ।

बुधवार १०ः३० बजे प्रधानमन्त्री प्रचण्डसँग द्वारिका होटेलमा भेटघाटको कार्यक्रम तय भएको छ । त्यहाँ दुई पक्षीय वार्ता हुनुको साथै केही सम्झौता पत्रमा हस्ताक्षर हुने पनि बताइएको छ । प्रधानमन्त्री प्रचण्डले अमिर शेखको नाममा त्यहाँ दिवा भोजको आयोजना गर्ने कार्यक्रम रहेको छ ।

अमिर शेख बुधबार साढे दुई बजे फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अमिर मंगलबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेपछि उनलाई राष्ट्रपति रामचन्द्र पौडेल स्वागत गरेका थिए ।

प्रकाशित मिति: ११ बैशाख २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्