सामुदायिक वनबाट भरूवा बन्दुक बरामद


 


मोरङ, वैशाख १२ । सुन्दरहरैचा नगरपालिका–५ स्थित नमुना सामुदायिक वनबाट १ थान भरूवा बन्दुक प्रहरीले बरामद गरेको छ ।

वनको झाडीमा बेवारिसे अवस्थामा बन्दुक रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गछिया र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: १२ बैशाख २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्