करेन्ट लागेर युवकको मृत्यु


 


सुर्खेत, वैशाख १२ । वीरेन्द्रनगर नगरपालिका–३ तातापानी बस्ने २६ वर्षीय बिशाल खत्रीको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको छ ।

बराहताल गाउँपालिका–८ दम्मारेस्थित विद्युतको तार मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: १२ बैशाख २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्