लुम्बिनीका विना विभागीय मन्त्रीलाई दिइयो जिम्मेवारी, कसको मागमा कुन मन्त्रालय ?


 


काठमाडौँ, वैशाख १२ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख महराले विना विभागीय मन्त्रीलाई जिम्मेवारी दिएका छन् ।

बुधबार मुख्यमन्त्री महराले विना विभागीय रहेको सात जना मन्त्रीलाई जिम्मेवारी प्रदान गरेका हुन् ।

उनले सहरी विकास तथा खानेपानी मन्त्रालयको जिम्मेवारी भूमिश्वर ढकाललाई, आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयमा दिनेश पन्थी, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी अर्जुन केसी र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी रत्नबहादुर खत्रीलाई दिएका हुन् । ढकाल, पन्थी केसी र खत्री एमालेबाट मन्त्री बनेका हुन् ।

यसैगरी नागरिक उन्मुक्तिबाट भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको जिम्मेवारी धर्मबहादुर चौधरी, स्वतन्त्रबाट पर्यटन उद्योग तथा सहकारी मन्त्रालयको जिम्मा खड्ग बस्नेत र एकीकृत समाजबादीबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी भगवती अधिकारीलाई दिइएको छ ।

एमालेबाट चेतनारायण आचार्यले अर्थ र माओवादीका दीपेन्द्र पुनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी यसअघि नै पाएका थिए ।

प्रकाशित मिति: १२ बैशाख २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्